जिल्ला समिति विघटन गर्दै रास्वपा

लोकपथ
5k
Shares

काठमाडौं । सत्तारुढ दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले पार्टीको जिल्ला समिति विघटनको तयारी गरेको छ ।

आज बस्ने रास्वपा केन्द्रीय सचिवालय बैठकमा सो विषयबारे छलफल हुने बताइएको छ ।

रास्वपाको वर्तमान जिल्ला समिति संस्थापक जिल्ला समिति हो । रास्वपाले पहिलो महाधिवेशन गरेर नेतृत्व चयनका लागि जिल्ला समिति विघटन गर्न लागेको हो ।

रास्वपाले विभिन्न ६ वटा एजेण्डामाथि रहेर छलफल गर्दैछ । त्यो मध्ये रास्वपाले जिल्ला समितिलाई विघटन गर्नेबारे समेत छलफल गर्न लागेको हो । आजको बैठकले आगामी केन्द्रीय समिति बैठक बोलाउनेबारे समेत निर्णय गर्नेछ ।

रास्वपाले भेला, अधिवेशन विशेष तालिका, आयोग, विभाग पदाधिकारी मनोनयन ।

जिल्ला समिति विघटन, अनुशासनात्मक कारबाही सम्बन्धमा, केन्द्रीय समिति बैठक र विविध विषयमा छलफल गर्न लागेको हो ।

रास्वपा सचिवालय बैठक आइतबार (आज) अपरान्ह ६ बजे केन्द्रीय कार्यालय बनस्थलीमा बस्न लागेको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?