भक्तपुर । राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति तथा नागरिक बचाउ महाअभियानका संयोजक दुर्गा प्रसाईँले हालको राजनीतिक परिस्थिति र स्थानीय नेतृत्वमाथि कडा टिप्पणी गरेका छन् ।
भक्तपुरस्थित आफ्नै निवासमा आयोजित पत्रकार सम्मेलनमा उनले घण्टीमा भोट हाले भन्नेहरू एक महिनामै लुक्ने अवस्थामा पुगेको दाबी गर्दै चुनावपछि राजनीतिक समर्थन र जनमतको अवस्था फेरिएको टिप्पणी गरे ।
उनले पूर्वप्रधानमन्त्री केपी शर्मा ओली जस्तै निरकुंश शैलीमा प्रधानमन्त्री बालेन शाहले पनि शक्ति केन्द्रित गर्न खोजिरहेको आरोप लगाए । प्रसाईँले शक्ति भनेको जनता हो भन्ने कुरा नबिर्सन चेतावनी दिए ।
उनका अनुसार बालेन शाहले सामाजिक सञ्जाल र ‘अल्गोरिदम’ को प्रयोगमार्फत फाँसीवादी शैली अपनाएर शासन चलाउने प्रयास गरिरहेको जस्तो देखिएको टिप्पणी गरे ।
उनले सुकुमबासी तथा मजदुर वर्ग प्रभावित भएको भन्दै घर भत्काइँदा गरिबका सपना चकनाचुर भएको दाबी गरे । उनका अनुसार जीवनभरको कमाइबाट घर बनाएका नागरिकहरू अहिले पीडामा परेका छन् ।
प्रसाईँले समाजमा धनी मात्र नभई मजदुर, ड्राइभर, खलासी, मोची र नाईजस्ता सबै वर्गको आवश्यकता रहेको उल्लेख गर्दै धनी केन्द्रित सिटी निर्माण भइरहेको आरोप लगाए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?








प्रतिक्रिया