गोकुल बास्कोटाको प्रस्ताव : ‘प्रदेश र जिसस खारेज गरौँ, उपराष्ट्रपतिलाई राष्ट्रिय सभा अध्यक्ष बनाऔँ’

लोकपथ
0
Shares

काठमाडौं । नेकपा एमालेका नेता गोकुल बास्कोटाले संविधान संशोधनको बहस चलिरहँदा उपराष्ट्रपतिलाई राष्ट्रिय सभाको अध्यक्ष बनाउने व्यवस्था गर्नुपर्ने सुझाव दिएका छन् ।

सामाजिक सञ्जालमार्फत आफ्नो धारणा सार्वजनिक गर्दै उनले हालको संघीय संरचनामा जिल्ला समन्वय समिति (जिसस) अनावश्यक भएको दाबी गर्दै संविधान संशोधन केन्द्र र स्थानीय तह (पालिका) केन्द्रित हुनुपर्ने बताएका छन् ।

बास्कोटाले लेखेका छन्, ‘पहिला रास्वपा संघीयता खारेज गर्ने भन्थ्यो, अब संविधान संशोधन गर्छ कि गर्दैनरु गर्ने हो भने केन्द्र र पालिका मात्र होस् ।’

उनले राष्ट्रिय सभा १०५ सदस्यीय हुनुपर्ने र पूर्ण रूपमा समावेशी बनाइनुपर्ने प्रस्ताव पनि अघि सारेका छन् । उनका अनुसार, राष्ट्रिय सभामा महिला–पुरुष समान ५०–५० प्रतिशत प्रतिनिधित्व सुनिश्चित गर्नुपर्छ ।

त्यस्तै, उनले प्रतिनिधिसभामा हालको समानुपातिक प्रणाली हटाएर प्रत्यक्ष निर्वाचन प्रणाली लागू गर्दै महिला–पुरुष ६०–४० प्रतिशत अनिवार्य गर्नुपर्ने तर्क पनि प्रस्तुत गरेका छन् ।

बास्कोटाको यो अभिव्यक्ति संविधान संशोधनसम्बन्धी बहस चलिरहेका बेला सार्वजनिक भएको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?