अन्ततः राष्ट्रपति पौडेलले जारी गरे संवैधानिक परिषद् सम्बन्धी अध्यादेश

लोकपथ
0
Shares

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले संवैधानिक परिषद् सम्बन्धी अध्यादेश जारी गरेका छन् ।

मंगलबार राष्ट्रपति पौडेलले संवैधानिक परिषद् (काम कर्तव्य अधिकार र कार्यविधि) सम्बन्धी अध्यादेश जारी गरेका हुन् ।

त्यसो त सरकारले सो सहित अन्य ८ वटा अध्यादेश स्वीकृतीका लागि पठाएको थियो । तर अन्य ७ वटा अध्यादेश जारी गरे पनि राष्ट्रपति पौडेलले संवैधानिक परिषद् सम्बन्धी अध्यादेश पुनर्विचारका लागि फिर्ता पठाएका थिए ।

तर सोमबार बसेको मन्त्रिपरिषद् बैठकले संवैधानिक परिषद् सम्बन्धी अध्यादेश हुबहु पारित गर्न पठाएको थियो । सरकारले पठाएको भोलिपल्ट नै राष्ट्रपति पौडेलले अध्यादेश स्वीकृत गरेका हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?