कांग्रेस संसद् समन्वय बोर्डको पहिलो बैठक बस्दै, यी हुन् एजेन्डा

लोकपथ
0
Shares

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसको संसद् समन्वय बोर्डको पहिलो बैठक आज बस्ने भएको छ ।

बैठक ललितपुरस्थित बीपी स्मृति भवनमा आज दिउँसो ३ बजेका लागि तय गरिएको हो ।

कांग्रेस केन्द्रीय कार्यालयका कार्यवाहक मुख्यसचिव कृष्णप्रसाद दुलालका अनुसार, संसदीय दलको विधान (संशोधन तथा परिमार्जनसहित) २०८० को धारा २१ बमोजिम गठन भएको संसद् समन्वय बोर्डको यो पहिलो बैठक हो ।

बैठकमा उपस्थित हुनका लागि बोर्डका सबै सदस्यहरूलाई पार्टीले निर्देशन दिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?