राष्ट्रपति रामचन्द्र पौडेलले फिर्ता गरे संवैधानिक परिषद् सम्बन्धी अध्यादेश

लोकपथ
763
Shares
फाइल तस्बिर

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले संवैधानिक परिषद् सम्बन्धी अध्यादेश पुनर्विचारका लागि फिर्ता गरेका छन् ।

वैशाख १४ गते सरकारले राष्ट्रपति समक्ष संवैधानिक परिषद् (काम, कर्तब्य, अधिकार र कार्यविधी) सम्बन्धी अध्यादेश स्वीकृतीका लागि पठाएका थियो । तर यो सरकार गठन हुनुभन्दा पहिलेको सरकारलाई समेत उक्त अध्यादेश फिर्ता पठाएको स्मरण गराउँदै राष्ट्रपति पौडेलले उक्त अध्यादेश फिर्ता पठाएका हुन् ।

‘सम्माननीय राष्‍ट्रपति श्री रामचन्द्र पौडेलज्यूले नेपालको संविधान बमोजिम यस अघि संवैधानिक परिषद् (काम, कर्तब्य, अधिकार र कार्यविधी) सम्बन्धी ऐन, २०६६ लाई संशोधन गर्न बनेको विधेयक प्रमाणीकरणका लागि मिति २०८२।०३।२५ मा पेश भएकोमा सन्देशसहित उक्त विधेयक फिर्ता पठाईएको, तत्कालीन मन्त्रिपरिषद्को मिति २०८२।०८।०२ को निर्णयबमोजिम प्राप्त भएको संवैधानिक परिषद् (काम, कर्तब्य, अधिकार र कार्यविधी) (पहिलो संशोधन) अध्यादेश, २०८२ जारी नभएकोसमेत स्मरण गराउँदै सम्वत् २०८३।०१।१४ गतेको नेपाल सरकार, मन्त्रिपरिषद्को निर्णयबमोजिम सिफारिस भई आएको संवैधानिक परिषद् (काम, कर्तब्य, अधिकार र कार्यविधी) (पहिलो संशोधन) अध्यादेश, २०८३ को विषयबस्तुका सन्दर्भमा पुनर्विचार गर्न पठाउनु भएको छ,’ राष्ट्रपति पौडेलको सचिवालयले भनेको छ ।

त्यसो त राष्ट्रपति पौडेलले आजै एक अध्यादेश जारी गरेका छन् ।

राष्ट्रपति पौडेलले ‘केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश, २०८३’ जारी गरेका हुन् ।

यसअघि विभिन्न मितिमा सरकारले पठाएको ६ वटा अध्यादेश स्वीकृत भइसकेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?