काठमाडौं । सत्तारुढ दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को सचिवालय बैठक आज बस्दैछ । बैठक आज बिहान ११ बजे पार्टीको केन्द्रीय कार्यालय वनस्थलीमा आयोजना हुने तय गरिएको छ ।
पार्टी सभापति रवि लामिछानेको निर्देशनमा बोलाइएको उक्त बैठकमा समसामयिक राजनीतिक तथा संगठनात्मक विषयमा महत्वपूर्ण छलफल हुने जनाइएको छ ।
बैठकका लागि तीन प्रमुख एजेन्डा तय गरिएको छ । जसअन्तर्गत महाधिवेशन कार्यविधि २०८३ सम्बन्धी मस्यौदामाथि छलफल, संसदीय दलको विधान संशोधनका विषयमा निर्णय, तथा स्थानीय तह निर्वाचनका लागि उम्मेदवार छनोट रूपरेखा २०८३ बारे विस्तृत बहस गरिनेछ ।
रास्वपाले आगामी दिनमा पार्टी संगठनलाई थप सुदृढ बनाउने र निर्वाचन केन्द्रित रणनीति तयार गर्ने लक्ष्यसहित बैठक आह्वान गरिएको जनाएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?








प्रतिक्रिया