प्रधानमन्त्रीलाई शंकर पोखरेलको प्रश्न- संकटमा सरकारको ‘क्रान्तिकारी कदम’ के हो ?

लोकपथ
42
Shares

काठमाडौं । नेकपा एमालेका महासचिव शंकर पोखरेलले प्रधानमन्त्री बालेन्द्र शाह सँग विस्थापित सुकुमबासीका लागि ‘ज्ञ (ज्ञान) क्रान्ति’ को स्पष्ट खाका सार्वजनिक गर्न आग्रह गरेका छन् ।

सामाजिक सञ्जाल फेसबुकमार्फत् प्रतिक्रिया दिँदै उनले प्रधानमन्त्रीको वास्तविक क्रान्ति ज्ञानबाट सुरु हुन्छ भन्ने अभिव्यक्तिलाई उद्धृत गर्दै त्यसको व्यवहारिक रूपरेखाबारे प्रश्न उठाएका हुन् ।

‘विस्थापित सुकुमवासीका लागि ‘ज्ञ’ क्रान्तिको खाका चाहियो प्रधानमन्त्रीज्यू,‘पोखरेलले लेखेका छन्

उनले प्रभावित तथा असुरक्षित महसुस गरिरहेका नागरिकलाई स्पष्ट योजना, समयसीमा र भरोसायोग्य कार्यान्वयनसहित आश्वस्त पार्न सरकारको ध्यानाकर्षण गराएका छन् ।

मानवीय संवेदनशीलता र जिम्मेवारीलाई प्राथमिकतामा राख्दै उनले दीगो समाधानतर्फ सरकार गम्भीर बन्नुपर्ने बताएका छन् । ‘आजको संकटमा कस्तो क्रान्तिकारी कदम चालिँदैछ ?’ भन्दै उनले सरकारसँग स्पष्ट जवाफ माग गरेका छन् ।

पोखरेलले २०७५ सालमा बारा–पर्सा क्षेत्रमा आएको भीषण आँधीपछिको पुनर्स्थापनाको उदाहरण दिँदै तत्कालीन एमाले नेतृत्वको सरकारले छोटो समयमै आवास निर्माण गरी प्रभावितलाई राहत दिएको स्मरण गरेका छन् ।

उक्त विपत्तिमा २८ भन्दा बढीको मृत्यु, ११५० भन्दा बढी घाइते र करिब २५ सय घरमा क्षति पुगेको तथ्यांक पनि उनले प्रस्तुत गरेका छन् ।

उनले सो उदाहरण उल्लेख गर्दै वर्तमान सरकारले पनि प्रभावकारी, द्रुत र परिणाममुखी योजना ल्याएर विस्थापित सुकुमवासीको समस्या समाधान गर्नुपर्ने आवश्यकता औंल्याएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?