काठमाडौं । विपक्षी तीन दलले सरकारसमक्ष नौ बुँदे माग पेस गर्दै सुकुमबासी समस्या समाधानका लागि सुरक्षित बसोबासको व्यवस्था गर्न आग्रह गरेका छन् ।
बिहीबार सिंहदरबारमा बसेको नेपाली कांग्रेस, नेकपा (एमाले) र नेपाली कम्युनिस्ट पार्टी (नेकपा)को संयुक्त बैठकपछि जारी विज्ञप्तिमा सरकारले बजेट निर्माण प्रक्रियामा विपक्षी दललाई बेवास्ता गरेको आरोप लगाइएको हो ।
एमाले राष्ट्रियसभा दलका नेता प्रेम दंगाल, कांग्रेस प्रमुख सचेतक वासना थापा तथा नेकपाका प्रमुख सचेतक युवराज दुलालद्वारा हस्ताक्षरित विज्ञप्तिमा आगामी नीति तथा कार्यक्रममा सबै दलका सुझाव समेट्न सरकारलाई आग्रह गरिएको छ ।
विपक्षी दलहरूले सुकुमबासी समस्या दीर्घकालीन रूपमा समाधान गर्न सुरक्षित आवासको सुनिश्चितता गर्नुपर्ने, संसद्को भूमिकालाई प्रभावकारी बनाउनुपर्ने तथा बजेट निर्माण प्रक्रियामा सबै पक्षको सहभागिता गराउनुपर्ने माग गरेका छन् ।
बैठकमा वर्तमान राजनीतिक अवस्था, सरकारको कार्यशैली, आगामी बजेट तथा नीति कार्यक्रमबारे समेत छलफल भएको जनाइएको छ । विपक्षी दलहरूले लोकतान्त्रिक प्रक्रियालाई प्रभावकारी बनाउन सरकार जिम्मेवार बन्नुपर्नेमा पनि जोड दिएका छन् ।


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?








प्रतिक्रिया