तरुण दलको अध्यक्ष विद्धान गुरुङले दिए राजीनामा

लोकपथ
0
Shares

काठमाडौं । नेपाली कांग्रेसको भ्रातृ संगठन नेपाल तरुण दलको अध्यक्षबाट विद्धान गुरुङले राजीनामा दिएका छन् ।

अध्यक्ष गुरुङले पार्टी सभापति गगनकुमार थापालाई राजीनामा बुझाएका हुन् ।

तत्कालीन सभापति शेरबहादुर देउवाले गुरुङलाई ०७८ साल फागुन ९ गते अध्यक्षको जिम्मेवारी दिएका थिए ।

आगामी मंसिरसम्म तरुण दलको पाँचौँ महाधिवेशन सम्पन्न गर्नुपर्ने अभिभारा रहे पनि बिचमै गुरुङले अध्यक्षबाट राजीनामा दिएका हुन् ।

उनले तरुण दललाई यसको मुल मर्म र भावना अनुरुप अघि बढाउन आफूले राजीनामा दिएको राजीनामा पत्रमा उल्लेख गरेका छन् ।

‘वर्तमान अवस्थामा नेपाल तरुण दललाई दलको मुल मर्म र भावना अनुरुप अझ संगठित, सशक्त र पार्टीप्रति क्रियाशील साथै अनुशासित बनाउनुपर्ने पनि भएकाले आगामी दिनमा नेपाल तरुण दललाई दलको मुल विचारबाट अगाडी बढाउन पार्टीले दिएको जिम्मेवारीलाई आत्मसाथ गर्दै पूर्ण रुपले सहयोग पुर्‍याउने प्रतिबद्धता व्यक्त गर्दछु । साथै पार्टी निर्माणको अभियानमा सहज वातावरण बनोस् भन्ने विश्वासका साथ मैले नेपाल तरुण दलको अध्यक्ष पदबाट राजीनामा दिएको छु,’ उनले भनेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?