राष्ट्रिय सभा संसदीय दलको नेताबाट कृष्ण सिटौलालाई हटाइयो

लोकपथ
0
Shares

काठमाडौं । राष्ट्रिय सभाबाट नेपाली कांग्रेस संसदीय दलका नेता रहेका कृष्णप्रसाद सिटौलाको जिम्मेवारी खोसिएको छ ।

प्रतिनिधि सभा संसदीय दलका नेता भिष्मराज आङ्देम्बेले बुधबार सिटौलालाई दलको नेताबाट हटाएका हुन् ।

सिटौलालाई दलको नेताबाट हटाइएको कांग्रेस प्रवक्ता देवराज चालिसेले लोकपथलाई पुष्टि गरे ।

‘राष्ट्रिय सभाको संसदीय दलको नेताबाट बहाल रहेका व्यक्तिलाई हटाइएको छ,’ चालिसेले लोकपथसँग भने ।

सिटौलाको ठाउँमा राष्ट्रिय सभा सदस्य कमला पन्तलाई जिम्मेवारी दिइएको छ ।

प्रतिनिधि सभा संसदीय दलका नेता आङदेम्बेले नेपाली कांग्रेस संसदीय दलको विधान (संशोधन तथा परिमार्जन सहित, २०८३) को धारा १२ (२) बमोजिम राष्ट्रिय सभा संसदीय दलको नेता पदमा पन्तलाई नियुक्त गरेका हुन् ।

०७९ सालको प्रतिनिधि सभा निर्वाचनमा पराजित भएका सिटौलालाई राष्ट्रिय सभामा लगिएको थियो । त्यसबेला प्रतिनिधि सभामा पराजित व्यक्तिलाई राष्ट्रिय सभामा लगिएको भन्दै आलोचना भएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?