रास्वपा संसदीय दलको अनौपचारिक बैठक सिंहदरबारमा जारी

लोकपथ
0
Shares

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को संसदीय दलको अनौपचारिक बैठक सुरु भएको छ । सिंहदरबारस्थित संसदीय दलको कार्यालयमा केही बेर अगाडि बैठक सुरु भएको हो ।

बैठकमा पार्टी सभापतिसहित काठमाडौं उपत्यकामा उपलब्ध सांसदहरूको उपस्थिति रहेको छ । समसामयिक राजनीतिक परिस्थिति र संसदीय गतिविधिका विषयमा छलफल गर्न उक्त अनौपचारिक बैठक आह्वान गरिएको हो ।

बैठकमा उपस्थित सांसदहरूबीच विभिन्न समसामयिक एजेण्डामा विचार विमर्श भइरहेको जनाइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?