किन बोलायो कांग्रेसले विपक्षी दलहरुको बैठक ?

लोकपथ
329
Shares

काठमाडौं । सरकारले संसद् अधिवेशन चलिरहेको अवस्थामा नै संसद् छलेर संवैधानिक परिषद् र सहकारीसम्बन्धी दुई अध्यादेश ल्याएपछि विपक्षी दलहरू असन्तुष्ट भएका छन् ।

प्रमुख विपक्षी नेता तथा नेपाली कांग्रेस संसदीय दलका नेता भीष्मराज आङ्देम्बेले मध्याह्न १२ बजे सिंहदरबारस्थित कांग्रेस संसदीय दलको कार्यालयमा बैठक बोलाएका हुन् ।

बैठकमा नेकपा एमाले, नेपाली कम्युनिस्ट पार्टी, श्रम संस्कृति पार्टी र राष्ट्रिय प्रजातन्त्र पार्टीका संसदीय दलका नेताहरूलाई पनि बोलाइएको छ ।

सरकारको संसद् अधिवेशन स्थगित गरेर अध्यादेश ल्याउने कदम र यसको विरोधमा अपनाइने रणनीतिबारे बैठकमा छलफल हुने बताइएको छ ।

विपक्षी दलहरूले सरकारको यो कदमलाई अलोकतान्त्रिक, बलमिच्याइँपूर्ण र संसद्को अपमान भएको बताएका छन् । उनीहरूले सरकारलाई आफ्नै दुई तिहाइ नजिकको बहुमत हुँदाहुँदै अध्यादेश ल्याउनुको कारणबारे प्रश्न पनि उठाएका छन् ।

सरकारले सोमबार मन्त्रिपरिषद्बाट अध्यादेश ल्याउने निर्णय गरेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?