रविले ‘उ बेला’ अध्यादेशको विरोध गरे, अहिले आफ्नै सरकार उही बाटोमा

रविको पूरानो स्ट्याटस ५ वर्षपछि थप चर्चामा

लोकपथ
0
Shares

काठमाडौं । सरकारले हालै अध्यादेश ल्याउने निर्णयबारे सरकारको आलोचना भइरहेको छ ।

संसद अधिवेशन आह्वान गरेर एकैदिनमा स्थगित गरेको सरकारले दुई अध्यादेश जारी गर्न राष्ट्रपति समक्ष सिफारिस गरेको छ । राष्ट्रपति रामचन्द्र पौडेल त्यसबारे परामर्शमा रहँदा यता प्रधानमन्त्री वालेन्द्र शाह ‘बालेन’, रास्वपा सभापति रवि लामिछाने लगायतमाथि प्रश्न उठाइएको छ ।

रवि राजनीतिमा आउनुभन्दा अघि नै करिब ५ वर्षअघि तत्कालीन शेरबहादुर देउवा नेतृत्वको सरकारले अध्यादेश ल्याएकोमा विरोध जनाएका थिए ।

तत्कालीन समयमा देउवाले दल विभाजनसम्बन्धी अध्यादेश ल्याएर तत्कालीन नेकपा विभाजनका लागि सहज बनाइदिएका थिए । त्यसअघि संसद नै विघटन गरेर केपी शर्मा ओलीले प्रधानमन्त्री भएका बेला अध्यादेश जारी गरेका थिए । ओलीलाई हटाउँदै सर्वोच्चको परमादेशबाट प्रधानमन्त्री बनेका देउवाले समेत सोही बाटो अपनाएको भन्दै रविले विरोध जनाएका थिए ।

‘हिजो ओलीले अध्यादेश ल्याउदा विरोध गर्नेहरू नै आज एकजुट भएर अध्यादेश ल्याउनु लाज मर्दो र अलोकतान्त्रिक कदम हो । संसद छलेर पोहोर भन्दा फोहोर ढंगले (२० प्रतिशत संख्याले) दल विभाजन गर्न मिल्ने अध्यादेशले लोकतन्त्रको हुर्मत लिएको छ । उफ्फ ।। उस्तै नियत तर फरक अनुहारहरु पालैपालो सिंहदरबार पस्दा र निस्कदा भए,’ रविले भनेका थिए ।

रविले प्रस्तुत स्ट्याटस सामाजिक सञ्जालमा सन् २०२१ अगस्ट १७ अर्थात् विसं २०७८ साल भदौ १ गते लेखेका थिए । जतिबेला रवि टेलिभिजन प्रस्तोताकै हैसियतमा रहेका थिए । त्यसको १० महिना अर्थात् २०७९ असार ७ गते मात्रै रविले रास्वपा घोषणा गरी राजनीतिमा प्रवेश गरेका थिए ।

तर रवि राजनीतिमा आउनु भन्दा पहिल्यैको विषय अहिले सामाजिक सञ्जालमा चर्चा भइरहेको छ ।

संसदको अधिवेशन स्थगित गरेर सरकारले अध्यादेशबाट देश चलाउन खोजेको भन्दै आलोचना भइरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?