काठमाडौं । नेपाली कांग्रेसका नेता पूर्णबहादुर खड्का आफू पक्षका नेताहरूसँग छलफल गरिरहेका छन् ।
धुम्बाराहीमा जारी उक्त छलफल पार्टीको १५औँ महाधिवेशनलाई एकताको महाधिवेशन कसरी बनाउने भन्ने विषयमा केन्द्रित रहेको नेता मीन विश्वकर्माले जानकारी दिए ।
उनकाअनुसार बैठकमा १४औँ महाधिवेशनबाट निर्वाचित कार्यसमिति, केन्द्रिय पदाधिकारी, सदस्य, जिल्ला सभापति र प्रदेश सभापतिहरू सहभागी छन् । संयुक्त छलफलमा फागुन २१ म सम्पन्न निर्वाचनको समीक्षा, पराजयका कारणको खोजी तथा आगामी महाधिवेशनको तयारीबारे छलफल भइरहेको नेता विश्वकर्माले बताए ।
उनले निर्वाचन आयोग र अदालतले गगनकुमार थापा नेतृत्वको कांग्रेसलाई वैधानिकता दिइसकेपछि बाँकी नेताहरूलाई पार्टी एकताका लागि कसरी सक्रिय बनाउने भन्ने विषयमा पनि छलफल भइरहेको बताए ।
बैठकका विषयमा नेता विश्वकर्माले भने,
‘१५औँ महाधिवेशन नहुँदै केही साथीहरुले विशेष महाधिवेशन भनेर यो एउटा समूहको महाधिवेशन भयो र १६७ जनाको केन्द्रीय कार्यसमितिमा करिब ७५ प्रतिशत साथीहरु त्यो महाधिवेशन भन्दा बाहिरै हुनुहुन्छ । र उहाँहरुलाई पनि पार्टीमा पार्टी विभाजन तर्फ होइन पार्टी एकतातर्फ लैजाने सवालमा हो । र सम्मान के के हो भनेर त संवादले नै टुंगो लगाउँछ । संवाद हुनुपर्यो, छलफल हुनुपर्यो त्यसमा नमिलेका कुराहरुलाई मिलाउँदै लैजाने कुरा हो । तर संवादको बिन्दु नै प्रारम्भ नभइराखेको हुनाले चाँही अब हाम्रो जिम्मेवारी के हो ? पार्टी एकताका लागि उहाँहरुले के गर्नुपर्छ भन्ने विषयमा केन्द्रिकृत भएर छलफल अघि बढिरहेको छ । हाम्रो मुल उदेश्य पार्टीमा एकता कायम गर्ने हो । विशेष महाधिवेशन र नियमित महाधिवेशन पक्षधरहरुलाई एउटै महाधिवेशन १५औँ महाधिवेशनमा लैजाने हो । त्यो गर्नका लागि नमिल्ने कुरा हटाउने हो मिल्ने कुरालाई सहमति गरेर लैजाने हो ।
उनले पार्टीभित्रको एकता कायम राख्दै १५औँ महाधिवेशनलाई सबै पक्षलाई समेट्ने साझा महाधिवेशनका रूपमा सम्पन्न गर्ने विषयमा छलफल जारी रहेको उनको भनाइ छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?








प्रतिक्रिया