नेकपाको कार्यविभाजनमा भीम रावलको असन्तुष्टि, सुदूरपश्चिमको इन्चार्ज नलिने

लोकपथ
168
Shares

काठमाडौं । नेपाली कम्युनिष्ट पार्टी (नेकपा) का नेता डा. भीमबहादुर रावल (भीम रावल) ले पार्टीले दिएको जिम्मेवारी लिन अस्वीकार गरेका छन् ।

सोमबार बसेको नेकपा केन्द्रीय संयोजन समितिको बैठकले सबै प्रदेशका इन्चार्ज तोक्ने निर्णय गरेको थियो । जसअनुसार रावललाई सुदूरपश्चिम प्रदेशको जिम्मेवारी तोकिएको थियो । तर आफूसँग कुनै परामर्श नै नगरी जिम्मेवारी दिइएको भन्दै उनले आफूले उक्त जिम्मेवारी नलिने बरु अरु युवाहरुलाई नै दिन सुझाव दिएका छन् ।

नेपाली कम्युनिष्ट पार्टीको कार्यविभाजन अन्तर्गत मलाई सुदूरपश्चिम प्रदेशको इन्चार्ज तोकिएको कुरा मसँग परामर्श बिना सार्वजनिक भएकोले सार्वजनिक रुपमै यति भन्नुपर्ने भयोस् सबैजसो प्रदेशमा युवा पुस्तालाई इन्चार्जको जिम्मा दिएर सुदूरपश्चिम प्रदेशमा बुढा पुस्तालाई जिम्मेवारी दिनु अलि मिलेन। त्यहाँ पनि युवा पुस्तालाई नै इन्चार्जको जिम्मेवारी दिनु उपयुक्त हुन्छ,’ उनले भनेका छन् ।

त्यसो त नेकपाको जिम्मेवारी विभाजनलाई लिएर चरम असन्तुष्टि देखिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?