काठमाडौं । नेपाली कांग्रेसका नवनिर्वाचित संसदीय दलका नेता भिष्मराज आङदेम्बेले सरकारले जनताको मन दुखाउने काम गर्ने कडा रुपमा प्रतिवाद गर्ने चेतावनी दिएका छन् ।
सोमबार कांग्रेस संसदीय दलको नेतामा सर्वसम्मत रुपमा चयन भएलगत्तै उनले सञ्चारकर्मीहरुमाझ सो प्रतिवद्धता व्यक्त गरेका हुन् । नेता आङदेम्बेले सरकारले राम्रो काम गरे समर्थन र नराम्रो काम गरे कांग्रेसले प्रमुख प्रतिपक्ष दलको रुपमा कडा रुपमा प्रतिवाद गर्ने बताए ।
उनले लोकतन्त्रमा संसद प्रतिपक्षको हुने उल्लेख गर्दै त्यसमा जिम्मेवार दलको हैसियतमा कांग्रेस प्रस्तुत हुने भन्दै सरकारलाई सचेत समेत गराए ।
नेता आङदेम्बेले मुलुकलाई नयाँ ढंगले अघि बढाउने गरी पार्टीले नयाँ अवधारणा ल्याएको दाबी गर्दै त्यसलाई अघि बढाउन पनि आफू लागिपर्ने बताए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?








प्रतिक्रिया