संसद् छलेर अध्यादेश ल्याउने सरकारको कदम लोकतन्त्रको मर्यादाविपरित : कांग्रेस

लोकपथ
49
Shares

काठमाडौं । नेपाली कांग्रेसले बोलाइएको संसद स्थगित गरेर अध्यादेशमार्फत शासन चलाउने सरकारको कदमप्रति गम्भीर असहमति जनाएको छ ।

पार्टी प्रवक्ता देवराज चालिसेले एकातिर बोलाइएको संसद स्थगित गर्ने र अर्कोतर्फ संसदलाई छलेर अध्यादेश ल्याउने कार्य लोकतन्त्रको मर्यादाविपरीत भएको बताएका हुन् । अध्यादेशमार्फत मुलुक चलाउने कार्यले संसदको सर्वोच्चतालाई अवमूल्यन गर्ने उनको भनाइ छ ।

उनले जनताको थलोका रूपमा रहेको संसदमा सबै विषय पारदर्शी रूपमा छलफल भएर त्यहीँबाट कानून निर्माण हुनुपर्नेमा जोड दिए ।

संसदीय प्रणाली र लोकतान्त्रिक अभ्यासविपरीत ठहर कार्य नगर्न समेत सरकारलाई कांग्रेसले सचेत गराएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?