कांग्रेसले बोलायो केन्द्रीय कार्यसम्पादन समितिको बैठक

लोकपथ
35
Shares

काठमाडौं । नेपाली कांग्रेसले केन्द्रीय कार्यसम्पादन समितिको बैठक बोलाएको छ ।

कांग्रेसले सोमबार बिहान ११ बजेका लागि कार्यसम्पादन समितिको बैठक बोलाएको हो ।

कांग्रेसले लामो समयसम्म पनि संसदीय दलको नेता चयन गर्न सकिरहेको छैन । यसैबिच कांग्रेसले केन्द्रीय कार्यसम्पादन समितिको बैठक बोलाएको हो ।

बिहान ११ बजे केन्द्रीय कार्यालय सानेपामा बस्ने बैठकमा केन्द्रीय कार्यसम्पादन समितिका पदाधिकारी एवं सदस्यहरूको उपस्थित हुन भनिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?