कम्युनिस्ट आन्दोलनमा ठुलो धक्का पर्‍यो, देश सर्वसत्तावादतर्फ जान सक्छ  : प्रदीप ज्ञवाली

लोकपथ
266
Shares
फाइल तस्बिर

काठमाडौं । नेकपा एमालेका नेता प्रदीप ज्ञवालीले नेपालको कम्युनिष्ट आन्दोलनलाई ठुलो धक्का लागेको बताएका छन् ।

पूर्व प्रधानमन्त्री मनमोहन अधिकारीको २७औँ स्मृति दिवसका अवसरमा बोल्दै उनले फागुन २१ को निर्वाचनले कम्युनिष्ट मात्रै नभई समग्र लोकतान्त्रिक शक्तिलाई असर परेको बताए ।

ज्ञवालीका अनुसार निर्वाचनपछि बनेको सरकारका गतिविधिले देश निर्वाचित सर्वसत्तावादतर्फ जान सक्ने चिन्ता बढेको छ ।

उनले ट्रेड युनियन कमजोर पार्ने, विद्यार्थी संगठन खारेज गर्ने र स्वतन्त्र मिडियामाथि दबाब सिर्जना गर्ने प्रयासले शंका पैदा गरेको उल्लेख गरे ।

ज्ञवालीले अहिलेको राजनीतिमा पुस्ताबिच अतिवादी सोच बढ्दै गएको भन्दै अनुभव र युवाको ऊर्जाको संयोजनबाट मात्र देश अगाडि बढ्न सक्ने बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?