काठमाडौं । परराष्ट्रमन्त्री शिशिर खनालले कूटनीतिक आचारसंहिता सबैका लागि समान रूपमा लागू गर्न सरकार प्रतिबद्ध रहेको बताएका छन् ।
उनले कूटनीतिक सम्बन्धलाई मर्यादित र व्यवस्थित बनाउने दिशामा सरकार अघि बढिरहेको बताए ।
राष्ट्रिय स्वतन्त्र पार्टी तारकेश्वर नगरपालिका–१० ले आज मनमैजुमा आयोजना गरेको कार्यक्रममा बोल्दै मन्त्री खनालले प्रधानमन्त्री, मन्त्री तथा सार्वजनिक पद धारण गरेका सबै व्यक्तिलाई कूटनीतिक आचरणको दायरामा ल्याउन सरकारले आवश्यक व्यवस्था गरिरहेको बताए ।
उनका अनुसार कूटनीतिक आचारसंहिता पालना गराउनका लागि तालिम तथा सचेतनामूलक कार्यक्रमसमेत सञ्चालन गरिएको छ । सबैले कूटनीतिक नियम अनिवार्य रूपमा पालना गर्नुपर्नेमा उनले जोड दिए ।
कार्यक्रममा मन्त्री खनालले सुशासन र आर्थिक समृद्धि वर्तमान सरकारको प्रमुख प्राथमिकता रहेको उल्लेख गरे ।
राष्ट्रिय स्वतन्त्र पार्टीको वाचापत्रअनुसार नै सरकार अघि बढिरहेको दाबी गर्दै उनले भ्रष्टाचारविरुद्ध शून्य सहनशीलताको नीति अपनाइएको बताए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?








प्रतिक्रिया