काठमाडौं । नेपाली कांग्रेसको संसदीय दलको नेता चयन प्रक्रिया सुरु भएको छ ।
दलको नेता सर्वसम्मत रुपमा चयन गर्न सहमति नजुटेपछि कांग्रेसले निर्वाचन प्रक्रिया मार्फत् संसदीय दलको नेता चयन प्रक्रिया थालेको हो ।
दलको नेता चयनका लागि शुक्रबार (भोलि) निर्वाचनको मिति तोकिएको छ ।
जसअनुसार बिहीबार (आज) दिउँसो १ बजे मतदाता नामावली प्रकाशन, साढे १ बजे दाबी विरोध र २ बजे अन्तिम नामावली प्रकाशन भएको छ ।
त्यस्तै शुक्रबार बिहान ११ बजेदेखि १२ बजेसम्म उम्मेदवारले दरखास्त दिनुपर्नेछ । १२ः१० मा उम्मेदवारको अन्तिम नामावली प्रकाशन गरिनेछ ।
भोलि दिउँसो १ बजे उम्मेदवारको दोस्रो नामावली प्रकाशन गरिनेछ । उम्मेदवारले नाम फिर्ता लिने समय १ बजेदेखि ३ बजेसम्मका लागि समय तोकिएको छ । उम्मेदवारको अन्तिम नामावली प्रकाशन ३ः३० बजे गरिनेछ भने मतदानको समय अपरान्ह ४ बजेदेखि ५ बजेसम्मका लागि छ्ट्टयाइएको छ । भोलि नै मतगणना हुनेछ ।
हाल नेपाली कांग्रेस ३८ सिटसहित संसदको दोस्रो दल रहेको छ । फागुन २१ को निर्वाचनमा प्रत्यक्षमा १८ र समानुपातिकमा २० गरी कांग्रेसले ३८ सिट पाएको छ ।
अन्य राजनीतिक दलले दलको नेता चयन गरिसक्दा नेपाली कांग्रेसले भने दलको नेता चयन गर्न ढिलाइ गरेको हो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?








प्रतिक्रिया