च्यासलबाट बादलले दिए ओलीको सन्देश

लोकपथ
938
Shares

काठमाडौं । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले पार्टीमा देखिएको चुनौतिहरुको सामना गरेर अघि बढ्न सिंगो पार्टी पंक्तिलाई आह्वान गरेका छन् ।

बुधबार नेकपा स्थापना दिवसको अवसर पारेर पार्टी मुख्यालय च्यासलमा आयोजित एक कार्यक्रममा उनीद्वारा पठाइएको शुभकामना सन्देशमा ओलीले सो कुरा उल्लेख गरेका हुन् ।

स्वास्थ्य लाभ गरिरहेका ओलीले पठाएको सो शुभकामना सन्देश पढेर सुनाउँदै पार्टी उपाध्यक्ष रामबहादुर थापा ‘बादल’ले निर्वाचन पछि पार्टीले व्यहोर्नुपरेको असफलताका विषयमा गम्भिर समीक्षा गर्दै फेरि पार्टीलाई सफलताको उचाईमा पुर्‍याउनका लागि पार्टीलाई एकतावद्ध बनाएर अघि बढनुपर्ने बताए ।

ओलीले सन्देशमा एमालेले ‘समृद्ध नेपाल सुखी नेपाली’को गन्तव्य नछाडेको र त्यसलाई पूरा गर्ने संकल्प अनुसार नै अघि बढने बताउनु भएको पनि उपाध्यक्ष बादलले बताए ।

ओलीको सन्देश पढेर सुनाउँदै बादलले भने, ‘इतिहासदेखि वर्तमानसम्म गौरवपूर्ण भुमिका र उपलब्धिको हिस्सेदार रहेको नेकपा एमालेका लागि पछिल्लो पटक असामान्य अवस्थामा भएको निर्वाचन परिणाम प्रतिकूल रहन गयो । देशभक्त शक्तिहरुका लागि हाम्रो इतिहास यस्ता प्रतिकूल थिए । र, नेकपा एमाले त्यसलाई झेलेर यहाँसम्म आएको हो । आज हामीले व्यहोर्नु परेको असफलता विषयमा समग्र पार्टी भित्र गम्भिर समिक्षा गर्दै फेरी यस आन्दोलनलाई सफलताको उचाईमा पुर्‍याउनु पर्नेछ । यसका लागि हामी सबै एकतावद्ध हुन जरुरी छ । हाम्रो गौरवशाली र ऐतिहासिक पार्टीको जीवनमा चुनौतिहरु पटक पटक आए । तर यस पार्टीले आफनो उद्देश्यको झण्डालाई झुक्न दिएन । आफनो गन्तव्य बदलिएन । र, समृद्ध नेपाल सुखी नेपालीको आकांक्षा पूरा गर्ने संकल्प कहिल्यै छोडेन । आजका समयका चुनौतिहरुलाई हामीले पार्टीलाई एकतावद्ध बनाएर सामना गर्नुपर्नेंछ । त्यसका लागि हामी सबैले प्रण गरौँ ।’

उपाध्यक्ष बादलले पार्टी आन्दोलनलाई सफलतामा पुर्‍याउनका लागि सबैले एकतावद्ध भएर अघि बढ्नुपर्ने बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?