प्रतिनिधि सभा नियमावली : प्रधानमन्त्रीसँग प्रश्नोत्तरको व्यवस्था छ कि छैन ?

लोकपथ
63
Shares

काठमाडौं । प्रतिनिधि सभा नियमावली २०८३ मा पनि प्रधानमन्त्रीसँग प्रश्नोत्तरको समयलाई यथावत राखिएको छ ।

यसअघि पनि सोही व्यवस्था रहेको थियो । अहिले नयाँ नियमावली बनाउँदा समेत त्यसलाई नै निरन्तरता दिइएको हो ।

जसअनुसार प्रत्येक महिनाको पहिलो हप्ताको कुनै पनि दिन सभामुखले प्रधानमन्त्रीसँग प्रश्नोत्तरको व्यवस्था मिलाउने उल्लेख रहेको छ ।

प्रतिनिधि सभा नियमावलीको परिच्छेद ९ अन्तर्गत दफा ५६ मा सो व्यवस्था गरिएको प्रतिनिधि सभा नियमावलीको मस्यौदा समितिले तयार पारेको प्रतिवेदनमा उल्लेख छ ।

‘प्रत्यक्ष प्रश्न गर्न सकिने ः प्रधानमन्त्री वा निजको कार्यक्षेत्रसँग प्रत्यक्ष रुपमा सम्बन्धित महत्वपूर्ण विषयमा प्रश्न सोध्नका लागि सभामुखले प्रत्येक महिनाको पहिलो हप्ता कुनै पनि दिनको बैठकको पहिलो घण्टा निर्धारण गर्नेछ,’ दफा ५६ को उपदफा १ मा भनिएको छ ।

एक दिनको बैठकमा बढीमा १५ जना सदस्यले मात्र प्रश्न सोध्न सक्ने व्यवस्था रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?