लुम्बिनी प्रदेश सभा बैठक आज बस्दै, विभिन्न विधेयक र प्रतिवेदन प्रस्तुत हुने

लोकपथ
56
Shares

काठमाडौं । लुम्बिनी प्रदेश सभाको सातौँ अधिवेशन अन्तर्गत चौधौँ बैठक आज दिउँसो १ बजे बस्ने भएको छ । प्रदेश सभा सचिवालयका अनुसार आजको बैठकमा प्रदेश सभा सदस्यहरूले समसामयिक विषयहरूमा विशेष समयमा आ–आफ्ना धारणा राख्ने कार्यसूची तय गरिएको छ ।

बैठकमा कृषि, वन तथा वातावरण समितिका सभापति विश्वप्रेम पाठकले ‘प्रदेश जीवनाशक विषादी व्यवस्थापन तथा नियमन सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक’माथि समितिको प्रतिवेदन पेश गर्ने कार्यक्रम रहेको छ ।

त्यसैगरी, सामाजिक विकास मन्त्री जन्मजय तिमिल्सिनाले ‘दलितको अधिकार सम्बन्धमा व्यवस्था गर्न बनेको प्रतिवेदन सहितको विधेयक’माथि छलफल गरियोस् र पारित गरियोस् भन्ने प्रस्ताव सभा समक्ष प्रस्तुत गर्नेछन् ।

यस्तै, भौतिक पूर्वाधार तथा विकास समितिका सभापति रामजी प्रसाद घिमिरेले समितिको वार्षिक प्रतिवेदन पनि सभामा पेश गर्ने कार्यसूची रहेको प्रदेश सभा सचिवालयले जनाएको छ ।

आजको बैठकले विभिन्न महत्वपूर्ण विधेयक तथा प्रतिवेदनमाथि छलफल गर्दै आवश्यक निर्णय लिने अपेक्षा गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?