काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले केन्द्रीय सचिवालय विस्तार गरेको छ ।
आज बसेको रास्वपा केन्द्रीय समिति बैठकले महामन्त्रीमा भुपदेव साहलाई मनोनीत गरेको छ । यसैगरी सचिवालय सदस्यहरुमा सागर ढकाल र सरिता श्री ज्ञवालीलाई मनोनीत गर्ने निर्णय गरेको हो ।
सभापति रवि लामिछानेले उनीहरुको नाम प्रस्ताव गरेका थिए । रास्वपा केन्द्रीय समिति बैठकले उनीहरुको नाम अनुमोदन गरेको रास्वपा प्रवक्ता मनिष झाले जानकारी दिए ।
यस्तो बन्यो रास्वपा सचिवालय :
रवि लामिछाने- सभापति
स्वर्णिम वाग्ले- उप सभापति
कविन्द्र वुर्लाकोटी- महामन्त्री
भुपदेव साह- महामन्त्री
विपिन आचार्य- सहमहामन्त्री
लिमा अधिकारी- कोषाध्यक्ष
वसु माया तामाङ- सहकोषाध्यक्ष्य
मनिष झा- प्रवक्ता
गणेश पराजुली- सचिवालय सदस्य
दिपक बोहरा- सचिवालय सदस्य
बिराज भक्त श्रेष्ठ- सचिवालय सदस्य
शिशिर खनाल- सचिवालय सदस्य
सोभिता गौतम- सचिवालय सदस्य
हरि ढकाल- सचिवालय सदस्य
सागर ढकाल- सचिवालय सदस्य
सरिता श्री ज्ञवाली- सचिवालय सदस्य
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?








प्रतिक्रिया