काठमाडौं । संसदीय समितिका नवनिर्वाचित सभापतिहरुले सभामुख डोलप्रसाद (डीपी) अर्यालसँग भेटघाट गरेका छन् ।
सोमबार सिंहदरबारस्थित संघीय संसद सचिवालयमा सभामुख अर्यालले मिनी संसदको रुपमा रहने संसदीय समितिहरुलाई प्रभावकारी रुपमा अघि बढाउन सभापतिहरुलाई निर्देशन दिए ।
दलीय प्रतिनिधित्व गरेर निर्वाचित भएतापनि समितिका कामकारवाहीबा दलको आस्था र प्रभाव नदेखाउन आग्रह गर्दै उनले संघीय संसद सचिवालय र आफू सधैँ सहयोगका लागि तत्पर रहेको बताए । समिति सभापतिहरुले पनि आफूहरुले प्राप्त गरेको जिम्मेवारी कुशलतापूर्वक निर्वाह गर्ने प्रतिवद्धता जनाएको सभामुखको सचिवालयले जनाएको छ ।
पुराना असल अभ्यासहरुलाई निरन्तरता दिँदै नविन ढंगबाट संसदीय मूल्य र मान्यतालाई आत्मसाथ गर्दै समितिका गतिबिधीहरुलाई अघि बढाउने बताए । यस अवसरमा प्रतिनिधि सभाका १० र संयुक्त २ गरि १२ वटा समितिका सभापतिहरुको उपस्थिति रहेको थियो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?








प्रतिक्रिया