कांग्रेसले निवर्तमान कार्यवाहक सभापति खड्कालाई सोधेको स्पष्टीकरण फिर्ता लिने 

लोकपथ
203
Shares

काठमाडौं । नेपाली कांग्रेसले निवर्तमान कार्यवाहक सभापति पूर्णबहादुर खड्कालाई सोधेको स्पष्टीकरण फिर्ता लिने भएको छ ।

नेपाली कांग्रेसको केन्द्रीय अनुशासन समितिको आज सोमबार दिउँसो बस्ने बैठकले स्पष्टीकरण फिर्ता लिने भएको हो । 

यसअघि वैशाख २ गते बसेको अनुशासन समिति बैठकले खड्कालाई सात दिने स्पष्टीकरण सोधेको थियो । कार्यवाहक सभापतिको हैसियतमा विज्ञप्ति निकालेको, पार्टी नीतिविपरीत काम गरेको भन्दै उनीमाथि कांग्रेसले स्पष्टीकरण सोधेको थियो । 

सर्वोच्च अदालतले विशेष महाधिवेशनबाट आएको नेतृत्वलाई मान्यता दिएकाले स्पष्टीकरणको औचित्यता सकिएको ठहरसहित फिर्ता लिने लागिएको बताइएको छ । खड्काले भने स्पष्टीकरण सोध्ने अनुशासन समितिको निर्णयलाई ‘अवैधानिक’ भन्दै अस्वीकार गर्दै आएका छन् । 

‘अवैधानिक महाधिवेशन र अवैधानिक ढंगले निर्वाचित कार्यसमितिले बनाएको अवैध संरचनाले स्पष्टीकरण सोध्ने भन्ने निर्णय निरर्थक, हास्यास्पद र अर्थहीन भएको उनको भनाइ थियो ।

सर्वोच्च अदालतले पार्टी सभापति गगनकुमार थापाको कार्यसमितिलाई नै आधिकारिक भनिसकेको छ । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?