प्रत्यक्ष नजितेका जिल्ला र क्षेत्रमा समानुपातिक सांसदलाई रास्वपाले तोक्यो जिम्मेवारी

लोकपथ
301
Shares

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले प्रत्यक्ष निर्वाचित सांसद नरहेको निर्वाचन क्षेत्रमा समानुपातिक तर्फबाट निर्वाचित सांसदहरूलाई जिम्मेवारी तोक्ने निर्णय गरेको छ ।

आज बसेको रास्वपा सचिवालय बैठकले सो निर्णय गरेको प्रवक्ता मनिष झाले जानकारी दिए ।

त्यस्तै जिल्ला र निर्वाचन क्षेत्रसहितको सूची तयार भएको र भोलि बस्ने केन्द्रीय समिति बैठकबाट पारित गर्ने तयारी रहेको बताइएको छ ।

रास्वपाले देशभर १२५ स्थानमा प्रत्यक्ष जितेको छ । हाल १८२ सिटसहित संसदमा प्रतिनिधित्व गरिरहेको रास्वपाले समानुपातिकबाट ५७ सिट पाएको थियो ।

जसअनुसार १२५ प्रत्यक्ष निर्वाचित बाहेकका ४० निर्वाचन क्षेत्रमा भने समानुपातिक सांसदहरुलाई जिम्मेवारी तोक्ने जनाएको हो ।

रास्वपाले विभिन्न ९ एजेण्डामाथि छलफल गर्न सोमबारका लागि केन्द्रीय समिति बैठक बोलाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?