काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले सोमबारका लागि केन्द्रीय समिति बैठक बोलाएको छ ।
विभिन्न ९ एजेण्डामाथि छलफल गर्न रास्वपाले बैठक आह्वान गरेको छ ।
पार्टी प्रवक्ता मनिष झाका अनुसार भोलि बस्ने केन्द्रीय समिति बैठकमा पार्टी गतिविधिबारे ब्रिफिङ, केन्द्रीय सदस्यहरुको रिपोर्टिङ, केन्द्रीय समितिका पदाधिकारीको मनोनयन लगायतका विषयमा छलफल हुनेछ ।
त्यस्तै प्रत्येक केन्द्रीय सदस्यहरुलाई बोल्नका लागि २ मिनेटको समय दिइनेछ ।
प्रवक्ता झाका अनुसार विधान संशोधन, स्थानीय तह उम्मेदवार क्लब गठन, प्रवासमा रहेका नेपालीहरुलाई त्यहीँबाटै मतदानको व्यवस्था गर्ने लगायतका विषयमा समेत छलफल हुनेछ ।
बैठक सोमबार दिउँसो ३ बजे पार्टी केन्द्रीय कार्यालय बनस्थलीमा बस्नेछ ।
यी हुन् केन्द्रीय समिति बैठकको प्रस्तावित कार्यसूची :
१. पार्टी गतिविधि व्रिफिङ ।
२. केन्द्रीय सदस्यहरुको रिपोर्टिङ । (२० जना २ मिनेटका दरमा)
३. केन्द्रीय समिति पदाधिकारी मनोनयन सम्बन्धमा ।
४. महाधिवेशन कार्यविधि मस्यौदा सम्बन्धमा ।
५. विधान संशोधन सम्बन्धमा ।
६. स्थानीय तह उम्मेदवार क्लब गठन र आवेदन आब्हान सम्बन्धमा ।
७. प्रवासमा रहेका नेपालीहरुलाई प्रवासबाटै मताधिकार दिने सम्बन्धमा ।
८. सचिवालयका निर्णय अनुमोदन सम्बन्धमा ।
९. विविधः
क. विभिन्न आयोग, निकाय, पदाधिकारीबाट प्राप्त पत्राचार सम्बन्धमा ।
ख. विषयगत विभागको योजना तयारी र नीति मन्थन सम्बन्धमा निर्देशन ।
ग. संसदीय दलको विधान संशोधन सम्बन्धमा ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?








प्रतिक्रिया