अदालतको निर्णयपछि गगन थापाको सन्देश– ‘एकता र लोकतन्त्र मजबुत बनाऔँ’

लोकपथ
63
Shares

 काठमाडौं । नेपाली कांग्रेसका सभापति गगन थापाले आधिकारिकतासम्बन्धी सर्वोच्च अदालतको फैसलालाई पार्टी एकता र सुदृढीकरणको अवसरका रूपमा लिनुपर्ने बताएका छन् ।

अदालतको निर्णय सार्वजनिक भएपछि सामाजिक सञ्जाल फेसबुकमार्फत धारणा राख्दै सभापति थापाले यसलाई कुनै पक्षको जित वा हार नभई विधि, प्रक्रिया र लोकतान्त्रिक अभ्यासको जितका रूपमा व्याख्या गरेका हुन् ।

थापाले अबको प्राथमिकता पार्टीलाई थप बलियो र एकताबद्ध बनाउने साझा अभियान हुनुपर्ने उल्लेख गर्दै देश तथा विदेशमा रहेका सबै पार्टी सदस्य तथा शुभेच्छुकलाई जिम्मेवार र सकारात्मक भूमिका खेल्न आग्रह गरेका छन्। 

पार्टी नेतृत्वको हैसियतले एकता प्रक्रियामा आफ्नो भूमिका महत्त्वपूर्ण हुने स्वीकार गर्दै उनले आफू त्यसका लागि सक्रिय रूपमा लाग्ने स्पष्ट पारेका छन् ।

त्यस्तै, थापाले कांग्रेसको १५औँ महाधिवेशन प्रक्रिया अघि बढिसकेको उल्लेख गर्दै यसलाई पार्टी रूपान्तरण र सुदृढीकरणको महत्त्वपूर्ण अवसरका रूपमा उपयोग गर्नुपर्नेमा जोड दिएका छन् ।

उनले नयाँ पुस्ताको आकांक्षा र अग्रजहरूको अनुभवलाई समेट्दै समुन्नत नेपाल निर्माणमा कांग्रेसले अग्रणी भूमिका खेल्नुपर्ने बताएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?