दम्भ र अहंकार होइन, पार्टी एकता जरुरी छ : अर्जुननरसिंह केसी

लोकपथ
21
Shares
फाइल तस्बिर

 काठमाडौं । नेपाली कांग्रेसका नेता अर्जुननरसिंह केसीले पार्टीभित्र एकता कायम गर्दै आगामी महाधिवेशनलाई सफल बनाउन सबै पक्ष एकजुट हुनुपर्नेमा जोड दिएका छन् ।

सामाजिक सञ्जालमार्फत धारणा सार्वजनिक गर्दै केसीले सर्वोच्च अदालतबाट विशेष अधिवेशनको वैधता सम्बन्धी विषय टुंगो लागिसकेको अवस्थामा अब दम्भ, अहंकार र शक्ति प्रदर्शनको होइन, पार्टी एकताको दिशामा केन्द्रित हुनुपर्ने बताएका हुन् ।

लोकतान्त्रिक पार्टीमा विचार–विमर्श र वाद–विवाद स्वाभाविक भए पनि त्यसलाई संवाद र सहमतिमार्फत समाधान गर्दै सबै पक्षको सम्मानका साथ १५ औँ महाधिवेशनलाई एकता अधिवेशनका रूपमा अघि बढाउनुपर्ने उनको भनाइ छ ।

केसीले असहमति राख्ने पक्षलाई समेत समेट्दै साझा एजेन्डा तय गर्नुपर्ने र व्यक्तिगत विवादभन्दा विधि, पद्धति तथा संस्थागत हितलाई प्राथमिकता दिनुपर्ने आवश्यकता औँल्याएका छन् ।

उनले वर्तमान चुनौती सामना गर्न सक्षम, सुदृढ र एकीकृत कांग्रेस निर्माण आजको आवश्यकता भएको उल्लेख गर्दै नेतृत्वले उदारता, सहिष्णुता र समावेशी निर्णय प्रक्रियालाई अझ मजबुत बनाउनुपर्नेमा जोड दिएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?