राजनीतिक एकता कानुनले होइन, नियतले निर्धारण गर्छ : गोकुल बास्कोटा

लोकपथ
70
Shares

काठमाडौं । नेकपा एमालेका नेता गोकुल बास्कोटाले राजनीतिक विवादको अन्तिम समाधान अदालतबाट नहुने टिप्पणी गरेका छन् । 

सामाजिक सञ्जालमार्फत आफ्नो धारणा सार्वजनिक गर्दै उनले राजनीतिक झगडामा न्यायका लागि अदालत जानु सामान्य भए पनि त्यसले दीर्घकालीन समाधान नदिने दाबी गरेका हुन् ।

उनले नेपाली कांग्रेसको आधिकारिकता विवादसम्बन्धी हालैको फैसलालाई संकेत गर्दै यस्तो धारणा राखेका हुन् ।

बास्कोटाले लेखेका छन्, ‘अन्य झगडामा न्यायका लागि अदालत जानु स्वाभाविक नै हो। राजनीतिक झगडामा राजनीतिक दल अदालत गएर पनि समाधान आउँदैन। नेकपा मिल्यो, झगडा पर्‍यो, अदालत धाए, अदालतले निर्णय दिए पनि फेरि मिलेनन्, झर्याम्म झुरुम सिसा झैँ चकनाचुर भए ।’

उनले  राजनीतिक एकता कानुनी निर्णयभन्दा पनि राजनीतिक नियतमा निर्भर हुने टिप्पणी गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?