पूर्णबहादुरको स्पष्टीकरण पार्टी एकताको बाधक, म सबैलाई मिलाउछु : डा. शशांक कोइराला

लोकपथ
203
Shares

काठमाडौं । नेपाली कांग्रेसका नेता डा. शशांक कोइरालाले पार्टीका पूर्व कार्यवाहक सभापति पूर्णबहादुर खड्कालाई सोधिएको स्पष्टीकरण एकताको बाधक रहेको टिप्पणी गरेका छन् ।

पार्टीको पछिल्ला गतिविधिबारे धारणा राख्दै कांग्रेसका पूर्वमहामन्त्री समेत रहेका नेता कोइरालाले सो कुरा बताएका हुन् ।

कांग्रेसको आधिकारिकता विवादबारे अदालतमा मुद्दा विचाराधीन रहेको अवस्थामा यस्ता गतिविधिले पार्टीलाई थप संकटतिर धकेल्ने उनको चिन्ता छ ।

‘कांग्रेसको आधिकारिकता विवाद अदालतमा विचाराधीन अवस्थामा छ । यसै सन्दर्भमा पूर्णबहादुर खड्काज्यूलाई सोधिएको स्पष्टीकरण पार्टीभित्रको बृहत एकताका लागि बाधक बन्ने देखिन्छ । अदालतमा मुद्दा विचाराधिन रहेका बेला यस किसिमका आन्तरिक गतिविधिले पार्टी जीवनलाई थप संकटतर्फ धकेल्ने निश्चितप्रायः छ,’ उनले भने ।

कांग्रेसभित्र रुपान्तरण आवश्यक रहे पनि त्यसैका आधारमा पार्टी थप कमजोर भएको उनको जिकिर रहेको छ ।

‘पछिल्लो समय कांग्रेसमा रुपान्तरणको जरुरी थियो, तर त्यसैका नाममा भएका गतिविधिले कांग्रेसलाई कुन अवस्थामा पुर्‍यायो हामी सबै जानकार छौँ,’ उनले भने ।

आधिकारिकता विवादमा रुमल्लिएको कांग्रेसभित्रको एकताका लागि आफू लागि परेको समेत उनको दाबी रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?