रास्वपाको मुख्य सचेतकमा कबिन्द्र बुर्लाकोटी, सचेतकमा परियार र धिताल

लोकपथ
133
Shares
फाइल तस्बिर

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले मुख्य सचेतक र दुई जना सचेतक चयन गरेको छ ।

बिहीबार सिंहदरबारमा बसेको रास्वपा संसदीय दलको बैठकले सो निर्णय गरेको हो ।

बैठकले मुख्य सचेतकमा कबिन्द्र बुर्लाकोटीलाई चयन गर्ने निर्णय गरेको छ ।

त्यस्तै, बैठकले सचेतकमा प्रकाशचन्द्र परियार र क्रान्तिशिखा धिताललाई चयन गर्ने निर्णय गरेको हो ।

यता प्रतिनिधि सभा अन्तर्गतका समितिहरुमा सभापतिको नाम समेत रास्वपाले टुंगो लगाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?