काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले प्रतिनिधि सभा अन्तर्गतका संसदीय समितिको नेतृत्व टुंगो लगाएको छ ।
बिहीबार मध्यान्न सिंहदरबारमा बसेको रास्वपा संसदीय दलको बैठकले समितिका सभापतिहरुको टुंगो लगाएको हो ।
आज नै संसदीय विभिन्न समितिका सभापतिहरुको मनोनयन हुने बताइएको छ । शुक्रबार समितिको सभापतिका लागि नेतृत्व चयन हुनेछ ।
जसअनुसार राज्य व्यवस्था तथा सुशासन समितिमा हरि ढकाल, कृषि सहकारी तथा प्राकृतिक स्रोत समितिमा अशोककुमार चौधरी, उद्योग वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिमा मनिष झा, शिक्षा स्वास्थ्य तथा सूचना प्रविधि समितिको सभापतिमा रहबर अन्सारी रहनेछन् ।
कानुन, न्याय तथा मानवअधिकार समितिमा समीक्षा बाँस्कोटा, अन्तर्राष्ट्रिय सम्बन्ध तथा पर्यटन समितिमा सुम्निमा उदास, अर्थ समितिमा सुशान्त वैदिक रहनेछन् ।
संसदीय सुनुवाइ समितिमा बोधनारायण श्रेष्ठ, पूर्वाधार विकास समितिमा आशिष गजुरेल, महिला तथा सामाजिक समितिमा आकृति अवस्थी, अर्थ समितिमा कृष्णहरि बुढाथोकी, राज्यका निर्देशक शिद्धान्त नीति तथा दायित्व कार्यान्वयन अनुगमन तथा मूल्यांकन समितिमा गणेश कार्की चयन भएका छन् ।
यता सार्वजनिक लेखा समितिको नेतृत्व विपक्षीलाई दिने प्रचलन रहेको छ । जसअनुसार उक्त समितिमा विपक्षी दललाई दिइनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?








प्रतिक्रिया