यस्तो छ रास्वपाको संगठन विभाग बैठकका निर्णयहरु

लोकपथ
406
Shares

काठमाडौं । सरकारको नेतृत्व गरेको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले केन्द्रीय संगठन विभागको बैठकका निर्णयहरू सार्वजनिक गरेको छ ।

विभागको गत चैत्र २१ गते बसेको बैठक तथा त्यसपछि भएका नियमित छलफलबाट भएका निर्णयहरू महामन्त्री कविन्द्र बुर्लाकोटीले प्रमाणीकरण गरेका हुन् ।

पार्टीका अनुसार बैठकले जिल्ला समितिहरूको अधिवेशन यही वैशाख १५ गतेदेखि सुरु गर्न केन्द्रीय समितिलाई सिफारिस गर्ने निर्णय गरेको छ ।

महामन्त्री बुर्लाकोटीले उक्त निर्णय संगठन विस्तार र स्थानीय संरचनालाई थप सुदृढ बनाउने उद्देश्यसहित गरिएको जानकारी दिएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?