काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) संसदीय दलको बैठक आज बस्दै छ ।
सिंहदरबारस्थित संसदीय दलको कार्यालयमा दिउँसो १२:१५ बजे बस्न लागेको पार्टी महामन्त्री कविन्द्र बुर्लाकोटीले जानकारी दिए ।
बैठकमा संसदीय समितिहरूको सभापति निर्वाचनलगायत विभिन्न समसामयिक विषयमा छलफल हुने जनाएको छ ।
संसदीय समितिका सभापतिहरूको निर्वाचन वैशाख ४ गते हुँदैछ भने त्यसका लागि आज मनोनयन दर्ताको समय तोकिएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?








प्रतिक्रिया