काठमाडौं । संघीय संसद्अन्तर्गतका संसदीय समितिहरूका सभापतिका लागि आज मनोनयन दर्ता हुँदैछ ।
संघीय संसद् सचिवालयका अनुसार, दिउँसो १ बजेदेखि ४ बजेसम्म मनोनयनपत्र दर्ता गर्न सकिनेछ । मनोनयन दर्ता सिंहदरबारस्थित प्रतिनिधिसभा सचिवको कार्यकक्षमा हुनेछ ।
दर्ता सकिएपछि आजै साढे ४ बजे उम्मेदवारहरूको सूची सार्वजनिक गरिनेछ ।
प्रतिनिधिसभाअन्तर्गत १० वटा समिति र २ वटा संयुक्त समितिमा सभापति चयन गर्न बाँकी छ । सभापतिको निर्वाचन भने शुक्रबार हुने तय गरिएको छ ।
शुक्रबार दिउँसो १ बजे बस्ने सम्बन्धित समितिको बैठकमा प्रस्तावकले उम्मेदवारको नाम प्रस्ताव गर्ने र समर्थकले समर्थन गर्नेछन् । त्यसपछि प्रस्ताव निर्णयका लागि पेस गरिनेछ ।
यसअघि चैत २७ गते प्रतिनिधिसभाले विभिन्न समितिमा रहने सदस्यहरू टुंग्याएको थियो ।
प्रतिनिधिसभाअन्तर्गत कानुन, कृषि, पूर्वाधार, महिला, राज्य व्यवस्था, शिक्षा, स्वास्थ्य, सार्वजनिक लेखा, अर्थ, अन्तर्राष्ट्रिय सम्बन्ध, पर्यटन, उद्योग र श्रमजस्ता समितिहरू रहेका छन् । साथै, दुई वटा संयुक्त समिति पनि छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?








प्रतिक्रिया