काठमाडौं । नेपाली कांग्रेसले गत २१ फागुनमा सम्पन्न निर्वाचनका क्रममा पार्टी अनुशासन उल्लंघन गरेको भन्दै उजुरी दर्ता गर्ने समयावधि एक महिना थप गरेको छ ।
पार्टी केन्द्रीय अनुशासन समितिको निर्णयअनुसार यसअघि २०८२ चैत मसान्तसम्म तोकिएको उजुरी दिने समय अब २०८३ वैशाख मसान्तसम्म बढाइएको समितिका संयोजक तारामान गुरुङले जानकारी दिए ।
उनका अनुसार निर्वाचनका क्रममा पार्टी सदस्यहरूले अनुशासन उल्लंघन गरेको पाइएमा सो सम्बन्धी उजुरीहरू पहिले चैत मसान्तभित्र केन्द्रीय अनुशासन समितिमा पठाउन निर्देशन दिइएको थियो । तर अब उक्त समय थप गरी एक महिनासम्म उजुरी दर्ता गर्न सकिने व्यवस्था गरिएको हो ।
समितिले निर्वाचनमा भएका अनुशासनहीन गतिविधिहरूको छानबिनलाई प्रभावकारी बनाउन समय थप गरिएको जनाएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?








प्रतिक्रिया