पोखरा । नेपाली कांग्रेसका गण्डकी प्रदेश सांसद दोर्णकुमार कुँवरले प्रदेश सदस्य पदबाट राजीनामा दिएका छन् ।
गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले आज मन्त्रिपरिषद् पुनर्गठन गरेपछि मन्त्रीमा समावेश नपरेका कुँवरले असन्तुष्टि जनाउँदै राजीनामा दिएका हुन् । उनी मन्त्रीका प्रमुख आकांक्षीमध्ये एक मानिन्थे ।
कुँवरले आजैदेखि लागू हुने गरी सभामुखलाई सम्बोधन गर्दै लिखित राजीनामा बुझाएका छन् ।
बागलुङ–२ बाट निर्वाचित उनले आफ्नो राजीनामामा आफूलाई विश्वास गरेर निर्वाचित गराउने मतदाता, समर्थक तथा शुभेच्छुकप्रति आभार व्यक्त गरेका छन् ।
मन्त्रिपरिषद् पुनर्गठनपछि कांग्रेसभित्रै असन्तुष्टि सतहमा देखिन थालेको संकेतका रूपमा कुँवरको राजीनामालाई हेरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?








प्रतिक्रिया