काठमाडौं । नेपाली कांग्रेसका उपसभापति विश्वप्रकाश शर्माले फागुन २१ गते सम्पन्न प्रतिनिधि सभा निर्वाचनमा मतदाताको निर्णय स्वीकार्य रहेको बताएका छन् ।
सामाजिक सञ्जालमार्फत आफ्नो धारणा सार्वजनिक गर्दै उनले यस्तो बताएका हुन् ।
उनले भनेका छन्, ‘मतदाताको फैसला स्वीकार्य छ। `बुलेट´बाट उदाएको माओवादीलाई स्वागतको संयम दोहोर्याउँदै `ब्यालेट´बाट आउँदैगरेको रास्वपालाई स्वागत,’ उनले सामाजिक सञ्जाल एक्समा आज लेखेका छन्, ‘०७९ मै प्रस्तुत संकेतका दृष्टिले यो अप्रत्याशित होइन l चर्को आशा अर्को निराशामा बदलिनु हुन्न, देशको मुल प्रश्नमा साथ र खबरदारी दुवै रहनेछ।’
निर्वाचनको प्रारम्भिक मत परिणामअनुसार अधिकांश क्षेत्रमा रास्वपाका उम्मेदवारले अग्रता बनाएका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?








प्रतिक्रिया