रुपन्देही–२ मा रास्वपाका सुलभ खरेललाई फराकिलो अग्रता, विष्णु पौडेल निकै पछाडि

लोकपथ
385
Shares

काठमाडौं । रुपन्देही–२ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सुलभ खरेल आफ्ना निकटतम प्रतिस्पर्धी भन्दा निकै अगाडि छन् ।

जारी मतगणनाअनुसार, खरेलले २७७९ मत प्राप्त गर्दा उनका निकट प्रतिस्पर्धी नेकपा एमालेका विष्णु पौडेलले ६०९ मत पाएका छन् । यस्तै, तेस्रो स्थानमा रहेका नेपाली कांग्रेसका चुन्नप्रसाद शर्मा (पौडेल) ले ३०५ मा प्राप्त गरेका छन्।

यो क्षेत्रमा नेकपा एमालेका विष्णु पौडेल, नेपाली कांग्रेसका चुन्नप्रसाद शर्मा (पौडेल), रास्वपाका सुलभ खरेल, नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का विश्वदीप पाण्डे, जनता समाजवादी पार्टी (जसपा) का दीपक गुरुङ, जनमत पार्टीका रमेश लो लगायत विभिन्न दलका र स्वतन्त्र उम्मेदवार समेत गरी ३९ जना प्रतिस्पर्धामा छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?