रास्वपाका केन्द्रीय सदस्य अरनिको पाँडे प्रहरी नियन्त्रणमा

लोकपथ
5.1k
Shares

राष्ट्रिय स्वतन्त्र पार्टीका केन्द्रीय सदस्य डा.अरनिको पाँडे पक्राउ परेका छन् । एक जना महिलालाई सामाजिक सञ्जाल मार्फत गालीगलौज गरेको आरोपमा उनी पक्राउ परेका हुन् ।

अदालतबाट बुधबार पक्राउ पुर्जी जारी भएपछि साँझ पक्राउ परेका पाँडेलाई बिहीबार म्याद थपका लागि अदालतमा लगिने छ । उनी राष्ट्रिय योजना आयोगका पूर्वसदस्य समेत हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?