काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीका सांसद धवलशमशेर राणाले गत चैत १५ गतेको तीनकुने घटनाको जिम्मेवारी राज्यले लिनुपर्ने टिप्पणी गरेका छन् ।
प्रतिनिधि सभाको आइतबारको बैठकमा बोल्दै सांसद राणाले तीनकुने घटना आफूहरूको कारण नभई राज्यको कारण भएको उल्लेख गर्दै सम्पूर्ण जिम्मेवारी राज्यले लिनुपर्ने टिप्पणी गरेका हुन् ।
सांसद राणाले मेडिकल व्यवसायी दुर्गा प्रसाईँको पनि बचाउ गरेका छन् । प्रसाईँ निमुखा जनताको सेवा गर्न लागि परेको व्यक्ति भएको जिकिर गर्दै सांसद राणाले राज्यले जनता भड्काएको कारण तीनकुने आतंक भएको जिकिर गरे ।
उनले भने, ‘चैत १५ गतेको तीनकुने घटना हाम्रो कारणले नभई राज्यको कारणले भएको हो । दुर्गा प्रसाईँजी पनि निमुखा जनताको सेवा गर्न लाग्नु भएको छ, उहाँले पनि होइन । राज्यले जनता भड्काएको कारणले त्यो आतंक भएको हो । सभामुख महोदय त्यसको लागि पनि हामीले छानबिनको माग गरेका छौँ । सरकार छानबिन गर्न किन डराइरहेको छ ?’
उनले घटनाको निष्पक्ष छानबिनका छानबिन समिति बनाउन समेत माग गरे ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया