काठमाडौं । काठमाडौं जिल्ला प्रहरी परिसरले २१ लाख रुपैयाँ बिगो र २ वर्ष कैद सजाय तोकिएको बैंकिङ कसुर मुद्दाका फरार प्रतिवादी प्रणवलाल सिंलाई पक्राउ गरेको छ ।
उनी काठमाडौं महानगरपालिका–२२ का स्थायी बासिन्दा हुन् र हाल छाउनी, काठमाडौं–१३ मा बसोबास गर्दै आएका थिए ।
नेपाल सरकार वादी रहेको उक्त मुद्दामा उनी लामो समयदेखि फरार थिए ।
बिहीबार उनलाई छाउनी क्षेत्रबाट पक्राउ गरी फैसला कार्यान्वयनका लागि काठमाडौं जिल्ला अदालतमा पेस गरिएको जिल्ला प्रहरी परिसर काठमाडौंका प्रवक्ता एसपी अपिलराज बोहराले जानकारी दिए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया