स्याङ्जा । उपप्रधान तथा शहरी विकासमन्त्री प्रकाशमान सिंहले बोलेरभन्दा पनि कामले नतिजा देखिनुपर्ने बताएका छन् ।
केदारनाथ मन्दिर महायज्ञ मूल समारोह समितिले आयोजना गरेको श्रीमद्भागवत सप्ताह तण्डुलाचल शृङ्गारिक आरती महायज्ञ धार्मिक अनुष्ठानको आज उद्घाटन गर्दै उनले यस्तो बताएका हुन् ।
‘जनताले विश्वास काम गरेपछि मात्रै गर्ने हुन्, ‘उनले भने, ‘अब बोलेर होइन कामबाट उपलब्धि देखिनुपर्यो तब मात्र जनताले विश्वास गर्छन् ।’ उनले पूर्वाधार निर्माणका क्रममा तीनै तहका सरकारमा प्रतिनिधित्व गर्ने जनप्रतिनिधिहरूमा समन्वय र सहकार्य गरेर अगाडि बढ्न सुझाव दिए ।
उनले सरकार बजेट बनाउने समयमा रहेकाले आगामी बजेटमा विकास निर्माणका लागि आवश्यकता र प्राथमिकताका आधारमा सम्बोधन गर्ने बताए ।
धार्मिक एवं ऐतिहासिक स्थलकारुपमा रहेको केदारनाथको पहिचान संरक्षण गर्दै शिव धामका रूपमा स्थापित गर्न महायज्ञ आयोजना गरिएको केदारनाथ मन्दिर महायज्ञ मूल आयोजक समितिका संयोजक दिलीप प्रताप खाँडले बताए।
केदारनाथ मन्दिर महायज्ञ मूल समारोह समितिको आयोजना र वालिङ नगरपालिकाको सह आयोजनामा आजदेखि सुरु भएको महायज्ञ यही वैशाख २३ गतेसम्म सञ्चालन हुनेछ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया