घट्यो सुनचाँदीको मूल्य, कतिमा हुँदैछ कारोबार ?

लोकपथ
1.3k
Shares

काठमाडौं । बुधबार नेपाली बजारमा सुनको मूल्यमा सामान्य गिरावट आएको छ ।

अघिल्लो कारोबार दिन मंगलबार प्रतितोला छापावाला सुनको मूल्य १ लाख ८८ हजार ८ सय रहेको थियो ।

आज मूल्य गिरावट आइ १ लाख ८८ हजार १ सय कायम भइ कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

महासंघका अनुसार आज चाँदीको मूल्यमा पनि गिरावट आएको छ । हिजो प्रतितोला चाँदीको मूल्य १ हजार ९ सय ७० रहेको थियो । आज मूल्य गिरावट आइ १ हजार ९ सय ६५ कायम भइ कारोबार भइरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?