सुनको मूल्य तोलाको एक लाख ८९ हजार ७०० पुग्यो, चाँदीको कति ?

लोकपथ
336
Shares

काठमाडौं । आज स्थानीय बजारमा सुनको मूल्य प्रतितोला  एक लाख ८९ हजार ७०० कायम भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सोही परिमाणको चाँदी आज  एक हजार ९९० मा खरिदबिक्री भइरहेको छ । 

गत शुक्रबार एक तोला सुन एक लाख ८९ हजार ६०० मा कारोबार भएको थियो भने त्यति नै परिमाणको चाँदी  दुई हजारमा किनबेच भएको थियो । 

अन्तर्राष्ट्रिय बजारमा आज  प्रतिऔंस सुन तीन हजार ३१८ अमेरिकी डलरमा कारोबार भइरहेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूले जनाएका छन् । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?