शिक्षामन्त्री फेरिए तर रोकिएन शिक्षकहरूको आन्दोलन

लोकपथ
749
Shares

काठमाडौं । विद्यालय शिक्षा विधेयकको माग गर्दै आन्दोलनरत शिक्षकहरूले आज पनि प्रदर्शन जारी राखेका छन् । तीन साता यता शिक्षकहरूले विद्यालय शिक्षा ऐन जारी गर्न माग गर्दै काठमाडौंको माइतीघर मण्डलामा विरोध जारी राखेका हुन् । 

उनीहरूले विद्यालय शिक्षा विधेयक जारी नगरेसम्म आन्दोलन जारी राख्ने चेतावनी दिँदै आएका छन् । सरकारले वैशाख १२ गते बजेट अधिवेशन बोलाएको छ ।

शिक्षकका मागहरू बजेट अधिवेशनबाट विद्यालय शिक्षा विधेयक ल्याएर पूरा गर्ने आश्वानस दिएपनि जारी नगरेसम्म आन्दोलन नरोक्ने शिक्षकहरूको अडान छ । शिक्षकहरूको आन्दोलका कारण वैशाख ११ गतेबाट सुरु हुने भनिएको कक्षा १२ को परीक्षा पनि स्थगित भएको छ ।

सरकारले वैशाख महिनाभित्र शिक्षकहरूको माग पूरा गर्ने विद्यालय शिक्षा विधेयक पनि पारित गर्ने आश्वासन दिएको छ । तर शिक्षकहरू सरकारको आश्वासनप्रति विश्वस्त हुन सकिरहेका छैनन् । 

बुधबार साँझ राष्ट्रपति रामचन्द्र पौडेलले शिक्षा मन्त्रीमा नेकपा एमालेका रघुजी पन्तलाई नियुक्त गरेका थिए । शिक्षक आन्दोलनकै बिच विद्या भट्टराईले सोमबार मन्त्रीबाट राजीनामा दिएसँगै पन्तलाई सो पदमा नियुक्त गरिएको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?